You are here: Home » हाम्रो बारे » वि.व्या.स. अध्यक्षको भनाई

वि.व्या.स. अध्यक्षको भनाई

वि.व्या.स. अध्यक्षको भनाई

श्री शुक्ला माध्यमिक विद्यालय समूदायको लागि समूदायद्धारा व्यावस्थापन गरिएको एउटा शैक्षिक संस्था हो । हाम्रा अग्रजहरुको मेहनत र पसिनाबाट यस भेगका बालबालिकाका लागि स्थापित यस विद्यालयमा बिना कुनै भेदभाव सबै जातजाति, भाषा, धर्म र आर्थिक पृष्ठभूमिका बालबालिका निवार्ध रुपमा अध्ययन गर्न पाउँछन् । यस विद्यालय एउटा साझा थलोको रुपमा विकास गरी यस क्षेत्रकै शैक्षिक विकासमा महत्पुर्ण भूमिका निर्वाह गर्न सक्नेछ भन्नेमा हामीले आशा लिएका छौँ । परिवर्तित समय सँगै परिवर्तित मुल्य मान्यता अनुरुपको शिक्षा दिनका लागि हामी विद्यालय व्यावस्थापनको तर्फबाट अथक प्रयास सदैव जारी रह्ने छ । विगतदेखिनै यहाँका बुद्धिजीवी, जग्गादाता, चन्ददाता, संस्थापक, शुभेच्छुक, शिक्षक, विद्यार्थी, आमा समूह, युवा क्लब तथा विभिन्न गुठिहरुले पुर्याएको योगदानको उच्च मुल्यांकन गदै आगामी दिनमा पनि तन मन र धनले यस विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सबै जना हातमा हात काँधमा काँध मिलाएर बढ्न अनुरोध गर्दछु । धन्यबाद                    
                                                                                                                                                      श्री कुश बहादुर थापा