You are here: Home » हाम्रो बारे » शि.अ.सं. अध्यक्षको भनाई

शि.अ.सं. अध्यक्षको भनाई

शि.अ.सं. अध्यक्षको भनाई

यस क्षेत्रकै नमुना विद्यालयको रुपमा स्थापित हुन अग्रसर यस विद्यालय छोटो समयमै आफ्नो छुट्टै पहिचान निमार्ण गर्न सफल भएको छ । समूदायको सक्रिया सहभागितामा संचालित एवं व्यावस्थित यस विद्यालयले विविध सुधार एवं परिमार्जनका साथ आफूलाई एउटा अब्बल शैक्षिक संस्थाको रुपमा उभ्याउन प्रयासरत रहेको छ । सिमित स्रोत र साधान तथा अपर्याप्त शिक्षक दरबन्दीका बावजूद यस संसथाको स्तरउन्नति र विकासका लागि शिक्षक अभिभावक संघ बाट गर्ने पहल अनवरत रुपमा संचालन हुनेछ । जिम्मेवार अभिभावक, कर्तव्यनिष्ठ शिक्षक एवं लगनशिल विद्यार्थी नै गुणस्तर विद्यालयका सूचक हुन् । हामी सबैलाई सदैव विद्यालयको हितमा सकरात्मक सोचका साथ अघि बढ्ने प्रेरणा र हौसला मिलोस् । धन्यबाद
                                                                                                                                श्री कृष्ण आले