ऐतिहासिक पृष्ठभूमी
तनहुँ जिल्लाको सदरमुकाम दमौलीको ठिक दक्षिणी भागमा मादी र सेती नदीको संगमस्थल नजिकै रहेको यस श्री शुक्ला माध्यमिक विद्यालयको स्थापना वि.सं. २०३७ साल जेष्ठ ९ गते स्थापना भएको हो । विशेष गरेर मगर जातिको बसोबास रहेको यस ठाउँमा वर्षको समयमा ढुङ्गा बाट नदी पार गरेर सदरमुकाम विद्यालय सम्म पुगी अध्ययन गर्न बालबालिकाहरुलाई कठिनाई भएको महशुस गरी स्थानिय तत्कालिन बुद्धिजीविहरु श्री श्रीजङ्ग थापा श्री चित्रबहादुर आले, लालबहादुर गर्जा, जङ्गे राना, श्री भिमबहादुर गर्जा लगायतको पहलमा विद्यालयको स्थापना भएको हो । सेती नदीको किनारमा संचालन भएकोले संस्कृतमा सेतीलाई शुक्ला भनिने हुनाले यस विद्यालयको नाम पनि शुक्ला माध्यमिक विद्यालय राखिएको हो । यस विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरी मा.वि. तहको अध्ययनको लागि अन्यत्र जाँदा कठिन र वाधा महशुस गरी यस गाउँका बुद्धिजीवि, शिक्षा प्रेमीहश्ररुको र सम्पुर्ण अभिभावकहरुको सक्रियतामा मिति २०५९÷०४÷१६ मा कक्षा ६को अनुमति प्राप्त गरी नि.मा.वि स्तरमा वृद्धि गर्दै कक्षा ८ सम्म र वि.सं. २०६९ सालमा कक्षा ९ र १० को संचालनको अनुमति पाई हाल मा.वि.तहसम्म संचालन हुँदै आएको छ । यस विद्यालयको सेवाक्षेत्रभित्र हाल डाँडाखुँदी, गैह्राखुँदी, धारापानी, स्वामीडाँडा ग्याझा, हुक्सेटार, झापुटार, वेल्टार, जरुवा, बन्चरे, धापपखेरा, कुवादी, तुलसार, मालिङ्ग, भर्केनी, धवला आदि पर्दछन् । यस विद्यालयका सेवा क्षेत्रमा ८०% भन्दा बढी मगर जातिको बसोबास रहेको छ । यस क्षेत्रका मानिसहरु नेपाली सेना, नेपाल प्रहरी, इण्डियन आर्मी, वैदेशिक रोजगारी, शिक्षक जस्ता पेशामा संलग्न छन् । यहाँका बहुसंख्यक मानिसहरु कृषि पेशामा संलग्न रहेका छन् ।
तीन तिर नदीको घेरेको एक तिर अग्लो डाँडा भएपनि सदरमुकामलाई छर्लङ्ग देख्न सकिने यस क्षेत्रमा करिब ४०० घरधुरी र २००० जनसंख्या रहेका छन् । यस क्षेत्रको माझ पर्ने वेल्टार फाँटमा मादी नदी किनारमा चौतारा र रुख विरुवाले घेरेको समथर ५ रोपनी भुभागमा यस विद्यालयको २ वटा पक्की र २ वटा कच्ची भवन छन् । हाल विद्यालयमा ३७५ जना विद्यार्थी र २४ जना शिक्षक तथा कर्मचारी रहेका छन् ।
सामाजिक अवस्था
यस क्षेत्रमा लगभग ८०% भन्दा बढि मगर जातिको बसोबास रहेको छ । साथै यस क्षेत्रमा हाल रानाभाट, कामी, दमाई, सार्की लगायतका जातिहरुको पनि बसोबास उल्लेख्य मात्रामा रहेको छ । सामाजिक कार्यहरुमा एकजुट भएर कार्य गर्दै अगाडि बढ्ने चलन यस क्षेत्रमा रहेका छन् । विशेष गरी सोझा र इमान्दार मगर जातिको बाहुल्यताका कारण शान्त र सुखद सामाजिक वातावरण यहाँ पाउन सकिन्छ । खानेपानी, विद्युत, बाटो, संचार जस्ता सुविधाहरु यस ठाउँमा उपलब्ध रहेका छन् ।
ऐतिहासिक अवस्था
ऋषिङ्ग गाउँपालिका वडा नं. १ मा पुूर्वमा सेती, मादी नदी, पश्चिममा सेती नदी उत्तरमा पनि देखिने सेती नदी र मादीको संगम र दक्षिणमा सोली घोप्टिए जस्तो खुँदी भीर तथा कान्ला पारिएका बारी तिनमा अवस्थित घरहरु र तल नदीको तटमा देखिने सुन्दर र रमणीय फाँट वि.सं. २०२५ साल अगाडि बस्ती कम भएको र २०२५ सालमा बन्दीपुर बाट सदरमुकाम दमौली सारे पश्चात विस्तारै डाँडाखुँदी, गैह्राखुँदी र सेटाङ्गबाट मानिसहरु वेशी बसाई सर्न थालेपछि विस्तारै बस्ती बाक्लो हुँदै गएको कुरा यस गाउँका बुद्धिजीविहरु बताउँछन् ।
कालान्तरमा यस ठाउँमा बस्ती बाक्लो हुँदै गएपछि यस क्षेत्रका बालबालिकाहरुलाई शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नपरोस् भनी यस गाउँका प्रमुख व्यक्तिहरु स्वा.चित्रबहादुर, श्रीजंग थापा, स्व. लाल बहादुर गर्जा, स्व. चिरञ्जीवि आले, स्व.जंगे राना, श्री भिमबहादुर गर्जा, स्व. रामबहादुर पुलामीको सक्रियतामा टहरोको रुपमा श्री शुक्ला प्रा.वि.को नाममा विद्यालयको स्थापना वि.सं. २०३७ साल जेष्ठ ९ गते विद्यालय संचालनमा आएपछि क्रमश ; २०४५ सालमा कक्षा १, २०५० सालमा कक्षा ५, २०५९ सालमा कक्षा ६ को अनुमति प्राप्त गरी हाल मा.वि. तह सम्म संचालनमा रही २०६९ सालदेखि नै यस विद्यालयबाट क्।ी।ऋ। परीक्षामा सहभागी भई राम्रो नतिजाका साथ उत्तिर्ण हुन सफल भएका छन् ।
विद्यालयको सेवाक्षेत्र
यस विद्यालयको सेवा क्षेत्रमा ऋषिङ्ग गाउँपालिका वडा नं. १ को धवला, धारापानी, कुवादी, मालिङ्ग, झापुटार, ग्याझाटार, ढोकोलो, हुक्सेटार, पृथ्वीटोल र स्वामीडाँडा पर्दछन् । हाल माध्यमिक तह सम्म अध्ययन हुने कारणले विद्यालयको सेवा क्षेत्रमा विस्तार भएको छ । जसअन्तर्गत साविक काहुँशिवपुर गाउँविकास समिति वडा नं. २ अन्तर्गतका गैराखुँदी, माझकोट, बाँझो पनि विद्यालयकै सेवा क्षेत्रमा पर्दछन् ।