Shree Shukla Secondary School

श्री शुक्ला माध्यमिक बिद्यालय

Rising Rural Municipality-1, Beltar Tanahun

ऋषिङ्ग गाउँपालिका-१ बेल्टार, तनहुँ

Nepali Flag
You are here: Home » हाम्रो बारे » प्रधानाध्यापकको भनाई

प्रधानाध्यापकको भनाई

प्रधानाध्यापकको भनाई

शिक्षा समाज विकासको आधारशिला हो । शिक्षाको विकास बिना उन्नत समाजको परिकल्पना गर्न सकिदैन । आजको बालबालिकालाई दिने गुणस्तरीय शिक्षाले नै भोलिको समुन्नत र समृद्ध नेपालको परिकल्पना गर्न सकिन्छ । आजको वैज्ञानिक युग तथा परिवर्तित समाजलाई मध्यनजर गर्दै यस विद्यालयले आफ्नै घर आँगनमै गुणस्तरीय र सर्बसुलव शिक्षा दिने प्रण गर्दै अथक प्रयास तथा मेहनत गर्दै आइरहेको छ । शिक्षक, विद्यार्थी तथा विद्यार्थी बिचको सुमधुर सम्बन्धलेनै विद्यालयको प्रगतिको खाका तयार गर्दछ । यस विद्यालयलाई अझ सुविधा सम्पन्न तथा गुणस्तरीय शिक्षा दिने थलोको रुपमा विकास गर्न हामी सबै पक्ष एकजुट भएर अगाडि बढ्नु पर्ने दखिन्छ ।

 विद्यालयले सदैव विद्यार्थीको गुणस्तरीय शिक्षाको लागि अनवरतरुपमा पहल गर्दै आएको छ । हालै विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा सहितको कम्प्युटर ल्यावब, विज्ञान प्रयोगशाला, पुस्तकालय , virtual class आदिको व्यवस्था गरिएको छ भने नियमित पठन पाठनको अलाव विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नियमितरुपमा अतिरिक्त व्रिmयाकलाप संचालन गर्दै आइरहेका छौं ।

 बालबालिकाको पहिलो पाठशाला घर हो । घरबाटै बाबुआमाले राम्रो आनीबानी र संस्कार विद्यार्थीको लागि घरमा स्वःअध्ययनको सहज वातावरण निर्माणमा महत्वपूर्ण भूमिका रहन जान्छ । विद्यार्थीको लागि आवश्यक पर्ने शैक्षिक सामग्रीको व्यवस्था गरिदिन, पढाइको अवस्था बारे विद्यालयमा आएर बझ्न तथा घरमा गृहकार्य गरे नगरेको निरीक्षण गर्न पनि हामी अनुरोध गर्दछौँ । विद्यार्थीको लागि विद्यालयले तोकेको पोशाक व्यवस्था गर्ने तथा विद्यालयका विषयमा विविध रचनात्मक सुझाव दिई विद्यालयलाई थप अगाडि बढाउन मार्ग दर्शन प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

                                                                                                                                     - केशर थापा मगर, प्रधानाध्यापक

                                                                                                                         श्री शुक्ला माध्यमिक विद्यालय, ऋषिङ्ग-१, बेल्टार, तनहुँ