ऐतिहासिक पृष्ठभूमी
तनहुँ जिल्लाको सदरमुकाम दमौलीको ठिक दक्षिणी भागमा मादी र सेती नदीको संगमस्थल नजिकै रहेको यस श्री शुक्ला माध्यमिक विद्यालयको स्थापना वि.सं. २०३७ साल जेष्ठ ९ गते स्थापना भएको हो । विशेष गरेर मगर जातिको बसोबास रहेको यस ठाउँमा वर्षको समयमा ढुङ्गा बाट नदी पार गरेर सदरमुकाम विद्यालय सम्म पुगी अध्ययन गर्न बालबालिकाहरुलाई कठिनाई भएको महशुस गरी स्थानिय तत्कालिन बुद्धिजीविहरु श्री श्रीजङ्ग थापा श्री चित्रबहादुर आले, लालबहादुर गर्जा, जङ्गे राना, श्री भिमबहादुर गर्जा लगायतको पहलमा विद्यालयको स्थापना भएको हो । सेती नदीको किनारमा संचालन भएकोले संस्कृतमा सेतीलाई शुक्ला भनिने हुनाले यस विद्यालयको नाम पनि शुक्ला माध्यमिक विद्यालय राखिएको हो । यस विद्यालयबाट कक्षा ५...
शिक्षा समाज विकासको आधारशिला हो । शिक्षाको विकास बिना उन्नत समाजको परिकल्पना गर्न सकिदैन । आजको बालबालिकालाई दिने गुणस्तरीय शिक्षाले नै भोलिको समुन्नत र समृद्ध नेपालको परिकल्पना गर्न सकिन्छ । आजको वैज्ञानिक युग तथा...
श्री शुक्ला माध्यमिक विद्यालय समूदायको लागि समूदायद्धारा व्यावस्थापन गरिएको एउटा शैक्षिक संस्था हो । हाम्रा अग्रजहरुको मेहनत र पसिनाबाट यस भेगका बालबालिकाका लागि स्थापित यस विद्यालयमा बिना कुनै भेदभाव सबै जातजाति, भाषा,...
यस क्षेत्रकै नमुना विद्यालयको रुपमा स्थापित हुन अग्रसर यस विद्यालय छोटो समयमै आफ्नो छुट्टै पहिचान निमार्ण गर्न सफल भएको छ । समूदायको सक्रिया सहभागितामा संचालित एवं व्यावस्थित यस विद्यालयले विविध सुधार एवं परिमार्जनका साथ...